सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले यसरी मनायो कुकुर तिहार, तस्बिरहरू हेर्नुहोस्

सोमबार, ०७ कात्तिक २०७९, १० : ४२
सोमबार, ०७ कात्तिक २०७९

 

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई पुरस्कृत समेत गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप