अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित : विश्व बैंक
अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्व बैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैकले जनाएको छ ।
सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ ।
सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जीडीपी) मा प्रारम्भिक तथ्याङ्क देखाएको बताइएको छ । विगत एक वर्षमा, मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, “विश्व बैंकले थप जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण