बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाकाेभन्दा दोब्बर सम्पती !
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् ।
सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ । इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पती ७३ करोड पाउण्ड(झण्डै ८२.५ करोड डलर) रहेको बताइन्छ । बेलायतका नयाँ राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पती भने ३५ करोड पाउण्ड(झण्डै ३९.६ करोड डलर) छ । अर्थात राजा–रानीको भन्दा प्रधानमन्त्री सुनक र उनको श्रीमतीको सम्पती दोब्बरभन्दा बढी छ ।
सुनक यो वर्ष सुरुमा सन्डे टाईम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए । आधिकारिक आवासको संख्याको हिसाबमा पनि सुनक र देशका राजाबीच झण्डै प्रतिस्पर्धा नै देखिन्छ ।
सन् १९८० मा जन्मिएका डलर–करोडपति सुनक बेलायतको साउथेम्प्टनमै जन्मिएका थिए । उनका अभिभावक भने सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका थिए । तर, भारतीय मिडियाहरुले भने ‘ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री ’ भन्दै समाचार लेखिरहेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका सुनक अब राजा चार्ल्स तृतीयलाई भेटेपछि औपचारिक रुपमा प्रधानमन्त्री पद सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण