गोरखामा डाक्टरमाथि भएको हातपातप्रति चिकित्सक संघको आपत्ति
बुधबार, ०९ कात्तिक २०७९, ०८ : ४४
गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विपत्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय सुरक्षा निकाय एवं नेपाल सरकारसँग माग गरिएको छ ।
गत कार्तिक ६ गते गोरखा जिल्ला अस्पतालमा कार्यरत डा. अविनाश पराजुलीमाथि बहिरंग विभागमा विरामी हेरिरहेको अवस्थामा शारीरिक हातपात गरिएको थियो ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा निरन्तर स्वास्थ्य सेवाप्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथि नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकरात्मक असर पर्ने भएकोले सो घटनामा संलग्न दोषीलाई अविलम्ब छानबिन गर्न पनि संघले सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण