सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा डाक्टरमाथि भएको हातपातप्रति चिकित्सक संघको आपत्ति

बुधबार, ०९ कात्तिक २०७९, ०८ : ४४
बुधबार, ०९ कात्तिक २०७९

गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विपत्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय सुरक्षा निकाय एवं नेपाल सरकारसँग माग गरिएको छ । 

गत कार्तिक ६ गते गोरखा जिल्ला अस्पतालमा कार्यरत डा. अविनाश पराजुलीमाथि बहिरंग विभागमा विरामी हेरिरहेको अवस्थामा शारीरिक हातपात गरिएको थियो । 

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा निरन्तर स्वास्थ्य सेवाप्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथि नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकरात्मक असर पर्ने भएकोले सो घटनामा संलग्न दोषीलाई अविलम्ब छानबिन  गर्न पनि संघले सरकारसँग माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप