प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
बुधबार, ०९ कात्तिक २०७९, १० : १४
जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण