बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु

शुक्रबार, ११ कात्तिक २०७९, १५ : ०४
शुक्रबार, ११ कात्तिक २०७९

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् । 

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन् । फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन् । औसत रुपमा यस देशमा वार्षिक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप