दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु
शुक्रबार, ११ कात्तिक २०७९, १५ : ०४
दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् ।
भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन् । फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन् । औसत रुपमा यस देशमा वार्षिक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण