सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा, कांग्रेस निर्णायक !
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा मित्रवत प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको सूचीअनुसार सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।
दुई हेभिवेट उम्मेदवारबीच हुन लागेको निर्वाचन रोचक बन्ने भएको छ भने यसमा कांग्रेस निर्णायक बन्ने देखिएको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको छैन । सत्ता गठबन्धन र लोसपाबीच मधेसका ९ निर्वाचन क्षेत्रमा तालमेल भएपछि सर्लाही–२ मा भने तालमेल भएको थिएन । यसअघि गठबन्धनले यादवलाई सघाउने भनेर विज्ञप्ति जारी गरेको थियो भने त्यसमा लोसपाले आपत्ति जनाएको थियो । अहिले गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दा भने मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन राजपा नेपालका उम्मेदवार बनेर निर्वाचित भएका थिए । महतो भने २०७४ को निर्वाचनमा धनुषा–३ बाट विजयी भएका थिए । तर यस पटक उनी सर्लाही–२ बाट उम्मेदवार बनेका हुन् । धनुषा–३ मा भने गठबन्धनबाट लोसपाकै नेता अनिल झा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
