हात्ती धपाउन साइरनसहितका ट्र्याक्टर परिचालन
हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्र्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ । विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको बताउँदै कार्कीले भने, “हुल बाँधेर आएका हात्ती साइरन बज्न थालेपछि तितरवितर भएर भारततर्फ फर्किन्छन् । दिगो समाधान होइन, तत्कालको लागि बाली जोगाउने वैकल्पिक उपाय भएको छ ।”
साइरन बजेपछि हात्ती आएको थाहा पाएर गाउँले पनि सचेत रहने गरेको उनको भनाइ छ । निर्वाचनमा क्षेत्र नम्बर १ का सबै राजनीतिक दलको एजेण्डा हात्ती समस्या समाधान गर्ने भनिएपनि जितेर गएपछि बेवास्ता गरेको स्थानीयवासीको भनाइ छ । जिल्लाको भद्रपुर, कचनकवल, विर्तामोड, बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा हात्तीको उत्तिकै त्रास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण