जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ
देशमा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८ सय २० रुपैयाँ र १७ थान कौडा सहित पक्राउ गरेको हो ।
सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ महुली बजार बस्ने सिताराम मेहताको घरमा जुवातास खेलिरहेको अवस्थामा कंचनरुप नगरपालिका-१२ बस्ने ३६ वर्षीय दिपक भट्टराई लगायत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २ सय ८५ रूपैयाँ र तास १२ बुक सहित पक्रउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण