काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा
काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ । छठ पर्वको मुख्य दिन भोलि (आइतबार) छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।
कुपण्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताए । उनले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।
सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ । कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।
सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आइतबार (भोलि) छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण