गठबन्धनको निर्णय काठमाडौं–१० मा माओवादीले मानेन
नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० ले आफ्नो उम्मेदवार कायमै रहेको जनाएको छ । शनिवार माओवादी केन्द्र काठमाडौं १० का क्षेत्रीय इन्चार्ज उगर्ने लामा (संजय) र १० ख का इन्चार्ज पुरुषोत्तम सुनारले विज्ञप्ति जारी गर्दै शुक्रवार गठबन्धनले गरेको निर्णयप्रति असहमति जनाएका हुन् ।
उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश क मा मित्रवत् प्रतिस्पर्धा गर्ने र प्रदेश सभा ख मा एकीकृत समाजवादीका उम्मेदवार साझा रहेको गठबन्धनले निर्णय गरेको थियो । सो निर्णयमा माओवादीको क्षेत्रीय कमिटीले आपत्ति जनाएको हो । काठमाडौं १० मा उम्मेदवारी दर्ता भएदेखि गठबन्धन नभएकाले उक्त उक्त निर्णयप्रति असहमति रहेको माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्र काठमाडौं १० ले प्रतिनिधि सभामा अन्जना विशंखे, प्रदेश सभा क मा दिलीप महर्जन र ख मा गणेश बहादुर कुँवरको उम्मेदवारी कायम रहेको जनाएको छ । तीनै जनाको उम्मेदवारी कायमै रहेकाले भ्रममा नपरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तामा अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण