सीता दाहाल अस्पतालबाट डिस्चार्ज
सोमबार, १४ कात्तिक २०७९, १५ : ३८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । छोरी गंगा दाहालले उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएकी हुन् ।
सीताको स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरूको माया र आशीर्वादले ममीको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरी घर ल्याइएको छ । सम्पूर्ण शुभेच्छुकहरूमा आभार सहित धेरै धेरै धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण