सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

मङ्गलबार, १५ कात्तिक २०७९, १३ : २४
मङ्गलबार, १५ कात्तिक २०७९

चितवनमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ  परेका छन् । भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मीना कुमारी दर्लामीसमेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।      

उनको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप