प्रेस काउन्सिलको चरम दुरुपयोग भयो : फ्रिडम फोरम
प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको हक विरुद्ध चरम दुरुपयोग भएको फ्रिडम फोरमले आरोप लगाएको छ । काउन्सिलले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको फोरमको ठहर छ ।
कार्यकारी प्रमुख तारानाथ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक दैनिकमा गत कार्तिक ३ गते 'कल केपी बा' शीर्षकमा कार्टून प्रकाशन गरेको थियो । कार्टून व्यङ्ग्यात्मक अभिव्यक्तिको कलात्मक प्रस्तुति हो। तर, काउन्सिलले राजनीतिक रूपमा प्रेरित भएर विज्ञप्ति जारी गरी स्पष्टीकरण सोधेको छ, जुन नेपालको संवैधानिक अधिकारको विरुद्ध छ। नेपालको संविधानले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । तर, काउन्सिलको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । यसले नेपाली मिडिया र पत्रकारको भूमिकालाई अवमूल्यन गरेको छ, होच्याएको छ ।’
दाहाल भन्छन्, 'कार्टून प्रकाशन गरेबापत नागरिक दैनिकलाई स्पष्टीकरण सोध्नु राज्यको निकाय प्रेस काउन्सिलको चरम दुरुपयोग हो । यसले नेपाली नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ । राजनीतिक अनियमितता र भ्रष्टाचारका घटनाविरुद्ध खबरदारी गर्ने र खुलासा गर्ने नेपाली पत्रकार र मिडियाको सक्रियता र ऊर्जालाई काउन्सिलको पक्षले अवमूल्यन गरेको छ । यसले राज्यका निकायप्रति जनविश्वास घटेर जानेछ । प्रेस काउन्सिलले स्वनियमनको अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा यस्ता मिडिया विरोधी दमनकारी कार्य तुरुन्त बन्द गर्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण