शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा गठबन्धनद्वारा ५११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

बुधबार, १६ कात्तिक २०७९, १३ : ०३
बुधबार, १६ कात्तिक २०७९

सल्यानमा सत्तारुढ गठबन्धन दलहरूले संयुक्त निर्वाचन  परिचालन समिति गठन गरेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । 

तीनवटै दलहरूले संयुक्त रुपमा समिति बनाएका हुन् । उक्त समितिको सह–संयोजकमा कांग्रेसका सभापति केशबहादुर विष्ट, माओवादीका कृतिबहादुर पुन, समााजवादीका हरि केसी लगायतका नेताहरु रहेका छन् ।  यस्तै नेता बस्नेतककै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति पनि गठन गरिएको छ ।  

गठबन्धनका साझा उम्मेदवार समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उक्त समितिहरुले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउनका लागि समन्वयनकारी भूमिका खेल्नेछन् ।  सल्यानबाट प्रतिनिधि सभातर्फ गठबन्धनबाट समाजवादीका ज्वाला र प्रदेश (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् । साथै गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरेको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप