कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ
बिहीबार, १७ कात्तिक २०७९, ०९ : १६
काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा २०७९ साउन २४ मा बिहान लुटेरा समूहले ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।
सो लुटमा संलग्न मुख्य योजनाकार ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चन्द्रागिरि नगरपालिका–१ वाणभञ्याङ घर भएका सानुकान्छाको पृष्ठभूमि पनि आपराधिक छ ।
२०५४ सालपछि उनी चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । जेल छुटेपछि उनी पटक–पटक डाँका मुद्दामा फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । सानुकान्छा माथि प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण