२ वर्षभित्र ६ हजार ७ सय ४३ वडामा खेल मैदान र पार्क बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा
बिहीबार, १७ कात्तिक २०७९, १३ : १५

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए ।
उनले गरेको वाचामा २ वर्षभित्र सबै उमेर समूहलाई उमेर अनुसार सक्रिय राख्न प्रत्येक वडामा ६ हजार ७ सय ४३ खेलमैदान, पार्क जस्ता केन्द्रहरू निर्माण गर्ने वाचा गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक प्रदेशमा भलिबल, क्रिकेट, फुटबल मार्सल आर्टस जस्ता खेलहरू खेल्न सकिने गरी बहुद्देश्यीय अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै