पाल्पामा मतदाता शिक्षा दिँदै गठबन्धनका दल
आसन्न निर्वाचनका लागि चुनावी अभियानमा लागेको सत्तारुढ पाँचदलीय गठबन्धनले पाल्पामा मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्न गठबन्धन घटकका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्ना कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन थालेका हुन् ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसकेका बेला गठबन्धन दलले भने गाउँ–गाउँमा मतदाता शिक्षा पुर्याउन थालेका हुन् । गठबन्धनले मतदाता शिक्षाका लागि बिहीबार माथागढी र तिनाउमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार रैनादेवी छहरा र रिब्दीकोटमा मतदाता शिक्षाका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा खटिने युवा तथा महिलाहरुका लागि प्रशिक्षण दिइएको गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।
रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोलाका केही वडाबाहेक सबैमा बिहीबारसम्म मतदाता प्रशिक्षक प्रशिक्षण सकिएको श्रेष्ठले बताए । प्रशिक्षण सम्पन्न भएका रिब्दीकोट, रैनादेवी छहरा, बगनासकाली र तानसेन नगरपालिकाका कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइसकिएको छ ।
निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमा भित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाइएको माओवादी केन्द्र पाल्पाका इन्चार्ज बसन्त घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण