आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

शुक्रबार, १८ कात्तिक २०७९, १२ : १५
शुक्रबार, १८ कात्तिक २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ​ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छिन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान गौतम बुद्धको मूर्ति अनावरण र भगवान विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी थिइन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए  । 

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप