ट्वीटरले हटायो आधा कर्मचारी
शनिबार, १९ कात्तिक २०७९, ०७ : २८
विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।
मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।
मस्कले अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना बेच्ने राष्ट्रघातीलाई कारबाही नगरे रविलाई नै प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ : मैनाली
-
कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता
-
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
-
कर्णालीको नयाँ बजेटबारे निजी क्षेत्रको अपेक्षा के छ ?
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा