देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो : आरजु राणा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन् । नेतृ रााणाले प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लागि जे गर्छु भनेको हो त्यो गर्दै आएको दावी समेत गरिन् ।
शनिबार डडेल्धुराको अजेयमरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावीसभलाई सम्बोधन गर्दै उनले भनिन्– ‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ । सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला मैलाई डडेल्धुराको नाम भन्न आउँदैन थियो । देउवा कुन जात होला भन्ने थियो । तर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो ।’ राणा प्रधानमन्त्री देउवाकी पत्नी समेत हुन् ।
नेतृ राणाले गाउँ, ठाउँ र देशको भविष्य हेरेर भोट हाल्न सबैलाई आग्रह गरिन् । उनले भनिन्– ‘यहाँ प्रधानमन्त्री र मन्त्री हुने मान्छे छन् । जितेर मुसाझै कुनामा बस्नेलाई जिताएर केही हुने वाला छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण