देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन् । नेतृ रााणाले प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लागि जे गर्छु भनेको हो त्यो गर्दै आएको दावी समेत गरिन् ।
शनिबार डडेल्धुराको अजेयमरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावीसभलाई सम्बोधन गर्दै उनले भनिन्– ‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ । सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला मैलाई डडेल्धुराको नाम भन्न आउँदैन थियो । देउवा कुन जात होला भन्ने थियो । तर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो ।’ राणा प्रधानमन्त्री देउवाकी पत्नी समेत हुन् ।
नेतृ राणाले गाउँ, ठाउँ र देशको भविष्य हेरेर भोट हाल्न सबैलाई आग्रह गरिन् । उनले भनिन्– ‘यहाँ प्रधानमन्त्री र मन्त्री हुने मान्छे छन् । जितेर मुसाझै कुनामा बस्नेलाई जिताएर केही हुने वाला छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा
-
विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ?
-
निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो