चार्ल्स तृतीयले ह्यारी परिवारको उपाधि खोस्न सक्ने
बेलायती राजा चार्ल्स तृतीयले मेघन मर्केल, प्रिन्स ह्यारी र उनीहरूका छोराछोरीलाई उनीहरूको शाही उपाधि खोस्न सक्ने एक शाही विज्ञले दाबी गरेका छन् । उनीहरूको आगामी पुस्तक र नेटफ्लिक्स शोले शाही परिवारलाई हानि पुयाृएमा शाही उपाधि खोसिन सक्ने ती विज्ञले दाबी गरेका हुन् ।
प्रिन्स ह्यारीले अर्को वर्ष जनवरी १० मा ’स्पेयर’ शीर्षकको आफ्नो संस्मरण प्रकाशित गर्ने तयारी गरेका छन्। प्रकाशक पेन्गुइन र्यान्डम हाउसका अनुसार पुस्तकले कच्चा र अटल इमानदारीताको प्रतिज्ञा गरेको छ जसले गर्दा शाही परिवारको लागि अत्यधिक विनाशकारी हुनसक्ने अनुमान गरिएको छ।
डेली स्टारको अनुसार शाही लेखक टम बोवरले रानी एलिजाबेथको अन्त्येष्टि सेवामा उनीहरूको पुनर्मिलन पछि शाही परिवारका सदस्यहरू बीचको दुश्मनी बढेको बताए । राजकुमार ह्यारी र उनकी पत्नी मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको जनाइएको । प्रिन्स ह्यारीको संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनले क्रिसमसमा उपस्थित नहुने संकेत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण