शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख र वीरेन्द्रनगरका मेयरबीच भेटवार्ता

आइतबार, २० कात्तिक २०७९, १० : ०३
आइतबार, २० कात्तिक २०७९

नेपालस्थित युरोपेली युनियन (इयू) को डेलिगेजनकी कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भेटवार्ता भएको छ । 

भेटवार्तामा हिभोनेटले नगरप्रमुख ढकालसंँगको भेटवार्तामा कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरण लगायतका विषयमा कुराकानी छलफल गरेकी छन् । 

हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत सहकार्यको सुरुवात भएको जानकारी गराएकी थिइन् । 
‘महिलालाई फुटबलको तालिम दिने, वृत्तिविकासका लागि लगानी बढाइनेछ,’ उनले भनिन,‘यसले महिलाको आत्मविश्वास बढाउनेछ, महिलालाई खेलकूदतर्फ आर्कषण बढाउने विश्वास लिएका छौं।’
भेटवार्तामा नगर प्रमुख ढकालले नगरपालिकाले महिला सशक्तीकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी गराएकी थिइन् । 

नगरपालिकाले महिलालाई सीपमुलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क सेनिटरी प्याड वितरण, निःशुल्क गर्भ जाँच, सुत्केरी सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको भण्डारीले बताइन् । 

हिभोनेटले नेपाल सरकारले सुरक्षालाई कारण देखाएर महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाएको विषयमा पनि चासो व्यक्त गरिन् । नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्‍घाटनका सिलसिलामा शनिबार सुर्खेत आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप