मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त
मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् | सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद्द्वारा आयोजित विद्यापति स्मृति पर्वको प्रमुख अतिथिको रूपमा बोल्दै डा.दत्तले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताएका हुन् |
उनले मधेसी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोग द्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भइसके पनि प्रदेश सरकारले बेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन् | उनले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउँदै मैथिली भाषाको संरक्षण र सशक्तीकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताए |
सो दिवसको अवसरमा परिषद्ले विभिन्न विधातर्फ ३ जना लाई सम्मान गरेको छ | सो कार्यक्रममा मधेसी आयोगकी सदस्य आभा सिंह, मधेस प्रदेशको आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानकर्ता अजय साह शिवाली लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण