अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडभन्दा बढी अमेरिकीले गरे प्रारम्भिक मतदान
मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दुई वर्षअघिको संख्यालाई उछिनेको अमेरिकी निर्वाचन परियोजनाले सोमबार जनाएको छ । अमेरिकीहरू मंगलबार प्रतिनिधि सभाका ४ सय ३५ सदस्य, सिनेटको एक तिहाइ र राज्य र स्थानीय पदका लागि चुनावमा जादैछन् ।
५० अमेरिकी राज्यहरू मध्ये अधिकांशले मतदाताहरूलाई व्यक्तिगत रूपमा वा मेल मार्फत चाँडै मतदान गर्न अनुमति दिन्छन् । यो अभ्यास सन् २०२० को राष्ट्रपति चुनावको समयमा व्यापक भयो, जुन कोभिड–१९ महामारीको समयमा भएको थियो ।
अमेरिकी निर्वाचन परियोजनाका अनुसार सोमबारसम्म १.८.५ मिलियनभन्दा बढी प्रारम्भिक भोटहरू व्यक्तिगत रूपमा र २२.३ मिलियन मेलमार्फत गरी कुल ४०.८ मिलियनले मतदान गरेका छन् । सन् २०१८ को मध्यावधिमा ३९.१ मिलियनले अग्रिम मतदान गरेका थिए । रिपब्लिकन सांसदहरूले धेरै राज्यहरूमा प्रारम्भिक मतदानमा प्राविधिक आपत्तिहरु दर्ता गरेका छन् ।
उदाहरणका लागि पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतले खाममा लिखित मिति नभएमा मेल गरेर पठाइएका भोटहरू गणना गर्न नसकिने आदेश दिएको छ । यो निर्णयले हजारौं मतपत्रहरूलाई सम्भावित रूपमा असर गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण