बदर मत घटाउन जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकामा नमुना मतदान गरिएको छ।
नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारीअभिनन्द चौलागाईले बताए ।
उनका अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलोपटक नमुना मतदान कार्यक्रम गरिएको हो । अन्य गाउँपालिकामा छिट्टै नमुना मतदान कार्यक्रम गरिने सूचना अधिकारी चौलागाईले जनाए । हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएकोभन्दा धेरै मत बदर भएको पाइएको छ।
उनले भने बदर मतमा औँलाको छाप लगाइएको, एक मतपत्रको एक चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा धेरै चिह्नमा छाप लगाउने गरेको पाइएको हो । कनकासुन्दरी गाउँपालिकामा ४८ मत खसेकोमा १२ मत बदर भए। सिंजा गाउँपालिकामा ३७ मत खसेकोमा ८ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण