गरिमा विकास बैँकले साढे १४ प्रतिशत लाभांश दिने
शुक्रबार, २५ कात्तिक २०७९, ११ : ३५
गरिमा विकास बैँक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक २४ गते बसेको बैँक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ताको १३ प्रतिशत सेयर लाभांश र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ कारेड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा रहेको छ । यसको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५ रूपैयाँ २५ पैसा बोनस सेयरमा कन्भर्ट गर्नेछ भने बाँकी १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२ रूपैयाँ ५३ पैसा बैँकले नगद लाभांश बाँड्ने छ ।
लाभांश भने नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैँकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण