रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ
रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारका साथ २ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अम्रीता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले बताएका छन ।
उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकल बरामद भएको एसपी मगरले जानकारी दिएका छन ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मलका अनुसार मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो । उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १ बरामद भएको प्रवक्ता मल्लले जानकारी दिएका छन ।
सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । ढुंगामुढाबाट २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण