जी २० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने
चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडेनलाई भेट्ने भएका छन् । बेइजिङको विदेश मन्त्रालयले सीले बाइडेनलाई भेट्ने पुष्टि गरेको छ हो । चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ ।
जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो । त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए । तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा सीले आगामी हप्ता नोभेम्बर १४ देखि १७ तारिखसम्म बालीमा बाइडेन र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोन, साथै सेनेगलका म्याकी साल र अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण