निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकका समस्या समाधान हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् ।
गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधान हुने बताए । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।
“उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ”, उनले भने, “रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ ।” राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए । आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण