शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

शनिबार, २६ कात्तिक २०७९, १७ : ३२
शनिबार, २६ कात्तिक २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरूलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरूलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए । बैठकले बागी उम्मेदवारहरूलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरूलाई पुनः ध्यानाकर्षण समेत गराएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने- ‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ । र, त्यसका लागि आवश्यकता अनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ । मूल रुपमा चाहीं गठबन्धन दलका उम्मेदवारहरू कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा हामी यो बैठक गरिराखेका छौँ । हामीले सबै आ–आफ्ना दलका तर्फबाट अवस्था कस्तो भनेर उम्मेदवारहरूको मूल्याङ्कन गरिराखेको छौँ  । र, सोही मूल्यांकनको आधारमा रणनीतिहरु तय गर्दै जाने निर्णय पनि गरेका छौं ।’

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप