जुम्लामा निर्वाचनका लागि खटिए ८ सय ४८ कर्मचारी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो । उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ ।
कार्यालयका अनुसार २ सय ५१ भन्दा तल मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथि मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको हो । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण