गीतकार उपाध्यायलाई भारतको ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म एण्ड टेलिभिजन अवार्ड’ प्रदान
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले भारतको प्रतिष्ठित अवार्ड ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म एण्ड टेलिभिजन अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । आइतबार साँझ मुम्बईमा आयोजित एक विशेष समारोहमा डा.उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।
भारतमा ‘दादा साहेव फाल्के’ अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ, भने अर्को ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म तथा टेलिभिजन’ अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा.उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।
गीतकार उपाध्ययले अवार्ड समारोहको केही तस्बिर सार्वजनिक गर्दै अवार्डको विषयमा जानकारी दिँदै अवार्ड प्रदान गर्ने संस्था प्रति आभार समेत प्रकट गरेका छन् । डा.उपाध्यायका गीत–संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम छन् ।
३० एल्बमसहित सयौँ गीत श्रोता दर्शकमाझ ल्याएको गीतकारका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’ लगायत १४ उपन्यास पाठकमाझ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण