राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने नेता कोइरालाको प्रतिबद्धता
नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षौदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलबार जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि ऐन संशोधन आवश्यक भएको बताए।
“ऐनकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रभावित बस्तीमा विकास निर्माणले गति लिन सकेको छैन, निर्वाचनपछि गठबन्धनको सरकारले ऐन संशोधन गर्छ”, कोइरालाले भने । भूमिहीनलाई पुर्जा वितरण गर्नेदेखि त्रिवेणी दुम्किबास राजमार्गलगायत महत्वपूर्ण योजना ऐनकै कारण अगाडि बढ्न नसकेको कोइरालाको दाबी छ ।
वन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षतिको न्यूनीकरण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मध्यवर्ती र निकुञ्ज प्रभावित क्षेत्रको विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारले जित्नैपर्ने कोइरालाले बताए।
त्यस्तै कोइराला मध्यवर्ती क्षेत्र प्रभावित जनताको जीवनस्तर उकास्न गैंँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोरको निर्माण प्रक्रिया निर्वाचन लगत्तै अगाडि बढ्नेसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण