अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माण गर्न पहल गर्छु : पोखरेल
काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपाकी केन्द्रीय सदस्य कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई निरन्तरता दिने क्रममा आज ढाँछीमा महिलाहरुसँग भेटघाट गरेकी छिन् ।
उनले चुनाव प्रचारप्रसारका क्रममा महिलाहरुसँग समक्ष आफ्ना कार्ययोजना पनि प्रस्तुत गरेकी छिन् । ढाँछीका मतदातासँग आफूले चुनाव जितेमा यस क्षेत्रमा विकास निर्माण र जनताका समस्या समाधानका लागि रातदिन लागिपर्ने बताएकी छिन् ।
उनले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधासम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन् ।
उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ । पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरुले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नती हुने औंल्याइन् ।
उनले यस क्षेत्रका महिला दिदीबहिनीहरु पाठेघरलगायत विभिन्न रोगबाट पीडित हुने र समयमा उपचार गर्न नपाएको भन्दै त्यसको लागि यस क्षेत्रमा महिला विशेषज्ञ अस्पतालको आँचो रहेको औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण