अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने
एनआईसी एशिया बैंकमा अनलाइन भिडियो केवाईसीबाट ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यो सुविधाको प्रयोग गर्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ ।
त्यसका लागि ग्राहकदले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेशन ट्याब गरी ई–केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सम्बिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । वा बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोइनमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिनेछ ।
बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण