बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ
शुक्रबार, ०२ मङ्सिर २०७९, १३ : ०८
बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।
२७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण