सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस्: गृहसचिव
सरकारले मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो ।
शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए । उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको बताए ।
उनले भने, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त राखिएको छ । सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू निर्वाचनको लागि सम्पूर्ण रूपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ । सबै ठाउँमा निर्वाचनलाई कुनै पनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु ।’
गृह मन्त्रालयले आज काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण