प्लेयर टू वाच : पीएरो हेनकापी
डिफेन्डर
उमेरः २०
कतार विश्वकप फुटबल आज (आइतबार) बाट सुरु हुँदैछ । विश्वपकको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् ।
इक्वेडरका युवा डिफेन्डर पीएरो हेनकापी कतारको पेसलाई रोक्ने योजनामा छन् । इक्वेडरको टिममा राम्रो पहिचान बनाउन सफल युवा खेलाडी हुन् हेनकापी । २० वर्षीय युवा डिफेन्डरले विश्वकप फुटबलमा सन् २०२१ मा राष्ट्रिय टोलीबाट खेल्न थालेको हेनकापी आजको खेललाई यादगार बनाउने योजनामा छन् ।
राष्ट्रिय टोलीबाट हेनकापीले ४० खेल खेल्दै १ गोल गरेका छन् । जर्मन क्लब बायर लिभरकुसेनबाट व्यावसायीक फुटबल खेल्ने उनले पछिल्लो समय टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइ रहेका छन् । इक्वेडरका लागि यू–२० कोपा लिबर्टाडोरेस जितेका उनी देशका लागि सन् २०२१ को कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा नै जर्मन क्लब लिभरक्युजनले अनुबन्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण