मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : अल्मोज अली

आइतबार, ०४ मङ्सिर २०७९, १० : ३६
आइतबार, ०४ मङ्सिर २०७९

स्ट्राइकर
उमेरः २५ 

कतार विश्वकप फुटबल आज (आइतबार) बाट सुरु हुँदैछ । विश्वपकको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा डेब्यू गर्न लागेको कतार आजको खेलमा सहज जित निकाल्दै विश्वकप फुटबलमा सहज सुरुवात गर्ने योजनामा छ । 

सन् २०१७ बाट कतारका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले पनि ठूलो सपनाका साथ टिमलाई मैदान उतार्दै छन् । सान्चेजले अहिलेसम्म कतारसँग दुई उपाधि जितेका छन् । सन् २०१४ मा एएफसी यू–१९ च्याम्पियनसिप र सन् २०१९ एएफसी एसियन कपमा । 

हालका अल–दुहेल एसीका स्टार अल्मोज अली सन् २०२१ को गोल्ड कप र सन् २०१९ को एसियाकपका सर्वाधिक गोलकर्ता हुन् । कतारले नै एसिया कप जितेको प्रतियोगितामा अलीले ९ गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

अली विश्वका एक मात्र खेलाडी हुन् जसले तीन फरक महाद्वीपीय च्याम्पियनसिपमा गोल गरेका छन् । अली हाल कतारको तेस्रो सर्वाधिक सर्वकालीन गोलकर्ता हुन्, जसले अहिलेसम्म ३९ गोल गरेका छन् । कतारका समर्थकहरूले उनीबाट यो विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् । अन्तिम १६ मा कतारलाई पुगाउने उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप