प्लेयर टू वाच : अल्मोज अली
स्ट्राइकर
उमेरः २५
कतार विश्वकप फुटबल आज (आइतबार) बाट सुरु हुँदैछ । विश्वपकको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा डेब्यू गर्न लागेको कतार आजको खेलमा सहज जित निकाल्दै विश्वकप फुटबलमा सहज सुरुवात गर्ने योजनामा छ ।
सन् २०१७ बाट कतारका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले पनि ठूलो सपनाका साथ टिमलाई मैदान उतार्दै छन् । सान्चेजले अहिलेसम्म कतारसँग दुई उपाधि जितेका छन् । सन् २०१४ मा एएफसी यू–१९ च्याम्पियनसिप र सन् २०१९ एएफसी एसियन कपमा ।
हालका अल–दुहेल एसीका स्टार अल्मोज अली सन् २०२१ को गोल्ड कप र सन् २०१९ को एसियाकपका सर्वाधिक गोलकर्ता हुन् । कतारले नै एसिया कप जितेको प्रतियोगितामा अलीले ९ गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
अली विश्वका एक मात्र खेलाडी हुन् जसले तीन फरक महाद्वीपीय च्याम्पियनसिपमा गोल गरेका छन् । अली हाल कतारको तेस्रो सर्वाधिक सर्वकालीन गोलकर्ता हुन्, जसले अहिलेसम्म ३९ गोल गरेका छन् । कतारका समर्थकहरूले उनीबाट यो विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् । अन्तिम १६ मा कतारलाई पुगाउने उत्कृष्ट प्रदर्शन गर्ने आशा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण