उदयपुरमा ५३ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा उदयपुरमा ५३.०६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा उदयपुरमा उदयपुरमा १ लाख २१ हजार ४७९ जनाले मतदान निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
उदयपुरमा २ लाख २८ हजार ९४६ मतदाता रहेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो । उदयपुरमा १ सय १ मतदान स्थल र २ सय ६४ मतदान केन्द्र रहेका थिए ।
त्रियुगा नगरपालिका– ८ खाट मन्दिर आधारभूत विद्यालय मतदान स्थल नजिकै अज्ञात समूहले मतदान सुरु भएको केही समय मै मोबाइल बम विस्फोट गराएका थिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटको भवनमा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पस कटारीको भवनमा गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीको जानकारी दिए । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण