समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ स्थान र नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छन् । साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन् । प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ ।
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) शीर्ष स्थानमा छ । एमालेले आठ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले सात हजार ४११ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६७८ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण