सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : किलियन एमबाप्पे, फ्रान्स

मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : १०
मङ्गलबार, ०६ मङ्सिर २०७९

पोजिसन : फरवार्ड
उमेरः २३

सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् किलियन एम्बाप्पे । विश्वकप विजेता एम्बाप्पे उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि पाएका थिए । उक्त विश्वकपमा उनले चार गोल गरेका थिए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि यो सिजन १४ लिग खेल खेल्दै १२ गोल गरेका छन् । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

सन् २०१७ मा राष्ट्रिय टोलीमा समावेश भएका एम्बाप्पेले राष्ट्रिय टोलीका लागि ५९ खेल खेल्दै २८ गोल गरेका छन् । फ्रान्सका लागि अहिले उनी मुख्य खेलाडीको रूपमा रहेका छन् । साबिकको विजेता फ्रान्स एसियाली टिमसँग खेल्दा आफूलाई बलियो तरिकाले प्रस्तुत गर्ने योजनामा छ । एम्बाप्पेका लागि यो विश्वकपमा राष्ट्रिय रेकर्डहरू नयाँ बनाउने मौका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप