शीर्ष स्थानमा दुरी घटाउँदै सिटी
सोमबार, १७ वैशाख २०८१, ०६ : ३५
लण्डन । नटिङह्याम फरेस्टलाई हराउँदै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी १ अङ्कमा झारेको छ । आइतबार राति भएको खेलमा सिटी २–० गोलले विजयी बन्यो ।
खेलको ३२ औँ मिनेटमा जोस्को ग्भार्डिओलले सिटीलाई अग्रता दिलाएका थिए । चोटिल हुँदै यसअघिका दुई खेल गुमाएका अर्लिङ हालान्डले खेलको ७१ औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
योसँगै यो सिजन प्रिमियर लिगमा उनको गोल सङ्ख्या २१ पुगेको छ । उनी यो सिजन सर्वाधिक गोलकर्ता पनि हुन् । सिटीका लागि केभिन डी ब्रुयनाले दुवै गोलको अवसर सिर्जना गरेका थिए ।
सिटीले शीर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको छ । टोलीको ३४ खेलबाट ७९ अङ्क छ । आर्सनलको ३५ खेलबाट ८० अङ्क रहेको छ । सिटी लगातार चौथो लिग उपाधि जित्ने होडमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण