कैलाली ३ बाट विजयी सुरुवात गरेको नागरिक उन्मुक्तिको प्रदेशतर्फ पनि अग्रता

कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य जितेको नागरिक उन्मुक्ति पार्टीको प्रदेशतर्फका दुई जना उम्मेदवारले पनि अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार क्षेत्र नं. ३ (१) मा आठ हजार ८७० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार घनश्याम चौधरीले तीन हजार ४८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डंगौरा थारु दुई ८१८ मतका साथ दोस्रो स्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार राजबहादुर बुढा एक हजार ११५ मतका साथ तेस्रो स्थानमा रहेका हुन् । त्यस्तै क्षेत्र नं. ३ (२) तर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खुसीराम चौधरी अग्रता कायम राखेका छन् । आठ हजार ८९४ मत गणना हुँदा खुसीराम चौधरी २ हजार ५५७ मतका साथ अगाडि छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक हजार ६७० मतका साथ दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार जयनारायण जोशी एक हजार १८२ मतका साथ तेस्रो स्थानमा छन् ।
यो क्षेत्रमा यसअघि प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्तिका उम्मेदवार रहेका गंगाराम चौधरी विजयी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
-
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ (तस्बिरहरू)
-
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
-
एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?