कैलाली ३ बाट विजयी सुरुवात गरेको नागरिक उन्मुक्तिको प्रदेशतर्फ पनि अग्रता
कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य जितेको नागरिक उन्मुक्ति पार्टीको प्रदेशतर्फका दुई जना उम्मेदवारले पनि अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार क्षेत्र नं. ३ (१) मा आठ हजार ८७० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार घनश्याम चौधरीले तीन हजार ४८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डंगौरा थारु दुई ८१८ मतका साथ दोस्रो स्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार राजबहादुर बुढा एक हजार ११५ मतका साथ तेस्रो स्थानमा रहेका हुन् । त्यस्तै क्षेत्र नं. ३ (२) तर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खुसीराम चौधरी अग्रता कायम राखेका छन् । आठ हजार ८९४ मत गणना हुँदा खुसीराम चौधरी २ हजार ५५७ मतका साथ अगाडि छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक हजार ६७० मतका साथ दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार जयनारायण जोशी एक हजार १८२ मतका साथ तेस्रो स्थानमा छन् ।
यो क्षेत्रमा यसअघि प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्तिका उम्मेदवार रहेका गंगाराम चौधरी विजयी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण