नेता त्रिपाठी निरन्तर पछाडि, अर्बपति चौधरीले कति पाए मत ?
जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा निरन्तर पछाडि छन् । नेता त्रिपाठीलाई अर्बपति तथा कांग्रेसका उम्मेदवार विनोद चौधरीले पछाडि पारेका हुन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरी समेतले त्रिपाठीलाई उछिनेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट नेता त्रिपाठीले विगत २५ वर्षदेखि प्रतिनिधित्व गर्दै आएकामा यसपटक धक्क लाग्ने देखिएको हो ।
करिब ४० हजार मत गन्दा चौधरीले ३ हजार २ सय ९४ मतले अग्रता लिएका छन् । मतगणना शुरु भएदेखि तेश्रो स्थानमा रहेका नेता त्रिपाठी अहिले पनि सोही पोजिसनमा छन् । निर्वाचन अधिकृतको कार्यालले दिएको तथ्याङ्क अनुसार चौधरीले १३ हजार ६६८ मत, महेन्द्र सेन ठकुरीले १० हजार ५०४ मत र नेता त्रिपाठीले १० हजार ३७४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण