सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेता त्रिपाठी निरन्तर पछाडि, अर्बपति चौधरीले कति पाए मत ?

बुधबार, ०७ मङ्सिर २०७९, १० : ५८
बुधबार, ०७ मङ्सिर २०७९

जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा निरन्तर पछाडि छन् । नेता त्रिपाठीलाई अर्बपति तथा कांग्रेसका उम्मेदवार विनोद चौधरीले पछाडि पारेका हुन् ।  

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरी समेतले त्रिपाठीलाई उछिनेका छन् ।  पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट नेता त्रिपाठीले विगत २५ वर्षदेखि प्रतिनिधित्व गर्दै आएकामा यसपटक धक्क लाग्ने देखिएको हो । 

करिब ४० हजार मत गन्दा चौधरीले ३ हजार २ सय ९४ मतले अग्रता लिएका छन् । मतगणना शुरु भएदेखि तेश्रो स्थानमा रहेका नेता त्रिपाठी अहिले पनि सोही पोजिसनमा छन् । निर्वाचन अधिकृतको कार्यालले दिएको तथ्याङ्क अनुसार चौधरीले १३ हजार ६६८ मत, महेन्द्र सेन ठकुरीले १० हजार ५०४ मत र नेता त्रिपाठीले १० हजार ३७४ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप