अर्घाखाँचीको प्रदेश सभा १ मा एमालेका आचार्य विजयी
बुधबार, ०७ मङ्सिर २०७९, १२ : ५८
अर्घाखाँचीको प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन् ।
आचार्यले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई पराजित गरेका हुन् । आचार्यले २० हजार ५१८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी केसीले १९ हजार ७७८ मत प्राप्त गरेका थिए । ७ सय ४० मतान्तरले आचार्यले निर्वाचन जितेका छन् ।
वि.सं. २०७४ सालको निर्वाचनमा पनि आचार्यले यही क्षेत्रबाट निर्वाचन जितेका थिए । उनी लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पनि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
-
भाषा र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण