आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकमा माओवादीले कटायो २ लाख मत, यी हुन् शीर्ष ५ मा रहेका दल

बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : १७
बिहीबार, ०८ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल हो ।

नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३२ हजार १०८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ ।

राप्रपा पाँचौं स्थानमा छ । राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप