रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ४४
जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन् । हालसम्म ४३ हजार २५६ मत गणना भएको छ । यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण