बारा-२ प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार कलवार, जसपाका राउत विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ५५
बारा निर्वाचन २ (क) प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार र २ (ख) मा जसपा उम्मेदवार बच्चा राउत अहिर निर्वाचित भएका छन् । जसपा–एमाले गठबन्धनका उम्मेदवार बलविर चौधरीलाई २ हजार ४२८ मतले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार कलवार विजयी भएका हुन् ।
जनता समाजवादी पार्टीले टिकट नदिएर वल्ब चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कलवारले एमाले उम्मेदवार चौधरीलाई पराजित गरेका हुन् । त्यसैगरी बारा निर्वाचन क्षेत्र नं २ को (ख) मा जनता समाजवादी पार्टीका बच्चा राउत अहिर विजयी भएका छन् ।
उनले १ हजार ३६३ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्याप्रसाद यादवलाई पराजित गरेका हुन् । बच्चा राउत साही निर्वाचन क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य हुन् । उनि दोस्रो कार्यकालमा लागि पुन निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण